कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा शनिबार भएको धार्मिक विवादले उग्र रूप लिएपछि लगाइएको निषेधाज्ञा आइतबार पनि जारी छ।
मन्दिर तोडफोड र मन्दिरका सामग्रीमा क्षति पुर्याउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना भएको थियो र दिनभर जुलुस प्रदर्शन भइरह्यो। फेरि सम्भावित घटना रोक्न जिल्ला प्रशासन कार्यालयले आइतबार पनि निषेधाज्ञा जारी गरेको हो।
यसअनुसार दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्म भेला, सभा, जुलुस र प्रदर्शन गर्न निषेध गरिएको छ, जसको आधार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३)(क) हो। पूर्वमा लबनी चोक, पश्चिममा बगर्दीघाट पुल, उत्तरमा पचेहरा चोक र दक्षिणमा धर्मभक्त माध्यमिक विद्यालय बभनीसम्म निषेधाज्ञा लागू गरिएको छ। आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइ कानुनबमोजिम कारबाही गरिने जानकारी दिइएको छ।
शनिबारको झडपमा प्रहरी र आन्दोलनकारी गरी २३ जना घाइते भएका थिए, जसमा नेपाल प्रहरीतर्फ ११ र सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फ ६–६ जना रहेका थिए।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया