SHAREHUBSHAREHUB

नेपालीहरुले अमेरिकाको भिसा आवेदन दिँदा २१ लाख रुपैयाँ सम्म धरौटी रकम बुझाउनुपर्ने, किन?

AdvertisementAds
नेपालीहरुले अमेरिकाको भिसा आवेदन दिँदा २१ लाख रुपैयाँ सम्म धरौटी रकम बुझाउनुपर्ने, किन?
AdvertisementAds

अमेरिकाले भिसासम्बन्धी नियम कडा गर्दै नेपालसहित ३८ देशका नागरिकका लागि नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ। यस अनुसार नेपाली नागरिकले व्यावसायिक वा भ्रमण प्रयोजनका लागि बी-१/बी-२ भिसा आवेदन दिँदा धरौटी रकम बुझाउनुपर्नेछ।

अमेरिकी विदेश मन्त्रालयको जनवरी २१ बाट लागू हुने यस ‘पाइलट प्रोग्राम’ अन्तर्गत कन्सुलर अफिसरले आवेदकको व्यक्तिगत अवस्था, यात्रा उद्देश्य र अघिल्लो भिसा इतिहासको मूल्यांकन गरी ५,०००–१५,००० अमेरिकी डलर (७ लाख बढी –२१ लाख भन्दा बढी नेपाली रुपैयाँ) धरौटी तोक्नेछन्। रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल ‘पे डट गभ’मार्फत मात्रै जम्मा गर्न सकिनेछ।

धरौटी राखेर अमेरिका जाने नागरिकले केवल तीन विमानस्थल जोन एफ. केनेडी, वासिङ्टन डलेस र बोस्टन लोगन मात्र प्रयोग गर्न पाउनेछन्। तोकिएको समयमै फर्किए र भिसाका सर्त पूरा भए धरौटी फिर्ता हुनेछ। तर भिसा अवधि नपुर्याई बस्ने वा शरणार्थी दाबी गर्ने व्यक्तिको रकम जफत हुनेछ।

नेपालसहित बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला पनि यस सूचीमा परेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स