प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको १५ लाख १४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
कम्पनीले संस्थापक समूहअन्तर्गत रहेको उक्त सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्रै बिक्री खुला गरेको जनाएको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)



प्रतिकृया