कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीहरूलाई नै रहने भएकाले हाल उनीहरूले मात्र आवेदन दिन सक्ने बैंकले जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया