विश्व बैंकले दक्षिण एसिया क्षेत्रको उपाध्यक्षमा डच नागरिक योहानेस जुटलाई नियुक्त गरेको छ। उनले यसअघि उपाध्यक्ष रहेका मार्टिन रेजरको स्थान लिनेछन्। जुटको नियुक्ति मंगलबारदेखि लागू हुनेछ। उपाध्यक्षको रूपमा उनले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा विश्व बैंकको नेतृत्व गर्ने छन्।
साथै, ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना र वित्तीय सहयोगको निरीक्षण गर्ने जिम्मेवारी पाएका छन्। जुट सन् १९९९ देखि विश्व बैंकमा आबद्ध छन् र उनले नेपाल, बंगलादेश, भुटान लगायतका देशहरूमा काम गरिसकेका छन्। उनले टोरन्टो, हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयबाट शिक्षा हासिल गरेका छन् र अब भारतको नयाँ दिल्लीमा बसेर काम गर्नेछन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया