महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। भीड बढेसँगै मन्दिरका चारवटै ढोका खोलिएको छ भने साधु–सन्तहरूको बाक्लो उपस्थिति देखिएको छ।
सुरक्षा र यातायात व्यवस्थापनका लागि काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले विशेष योजना लागू गरेको छ, जसअनुसार पशुपति दर्शन गर्न आउने भक्तजनलाई सहज आवत–जावत र दर्शनको वातावरण मिलाइएको छ।
चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सामान्य अवस्थामा सवारी साधन निर्वाध रूपमा सञ्चालन गरिने जनाइएको छ भने अत्यधिक भीडका कारण समस्या आएमा गौशाला क्षेत्र आसपास सवारी निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ।
तीनकुने–सिनामंगल, बौद्ध–गौरीघाट तथा पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालवाहक सवारीलाई आवश्यकताअनुसार रोक लगाइनेछ। बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीलाई गुहेश्वरी पारि पार्किङको व्यवस्था गरिएको छ। साथै सिफल चौर, गुहेश्वरी पारि, पशुपति विकास कोष कार्यालय/भण्डारखाल, तिलगंगा आँखा अस्पताल तथा करिडोर, वनकाली क्षेत्र र प्रहरी वृत्त गौशालामा विभिन्न प्रयोजनका सवारीका लागि छुट्टाछुट्टै पार्किङ व्यवस्था मिलाइएको छ।
ट्राफिक प्रहरीले सम्भावित भीडलाई मध्यनजर गर्दै आवश्यकताअनुसार डाइभर्सन गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिने जनाएको छ।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया