सर्वसाधारणका लागि दुई लघुवित्त कम्पनीको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १६ गते
सर्वसाधारणका लागि दुई लघुवित्त कम्पनीको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

सर्वसाधारणका लागि दुई लघुवित्त कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेका छन् । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेका हुन्।

स्वरोजगार लघुवित्तले आजदेखि कुल २० हजार ४१ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि  बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुका लागि राखिएको सेयरमा आवेदन नआएपछि अब सर्वसाधारणले आवेदन दिन सक्ने भएका हुन्। इच्छुक लगानीकर्ताले बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

त्यस्तै, छिमेक लघुवित्तले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरिएको थियो, तर आवेदन नआएपछि सर्वसाधारणलाई बिक्री खुला गरिएको हो। छिमेक लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० रुपैयाँ तोकिएको छ र इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौँ, मध्यबानेश्वरस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स