मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ हजार ८१४ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ।
यसअघि यो सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्रीका लागि खोलेको थियो। तर माग अनुसार वितरण नहुँदा कम्पनीले अहिले सर्वसाधारणका लागि पनि आवेदन दिने व्यवस्था गरेको हो। मंसिर २२ गते सूचना जारी गर्दै कम्पनीले इच्छुकले सात दिनभित्र लुम्बिनी विकास बैंकको डिल्लिबजारस्थित कार्यालयमा लिखित निवेदन पेश गर्न आग्रह गरेको छ।
कम्पनीका अनुसार संस्थापक सेयरधनी चक्रबहादुर बिष्टले उक्त सेयर धितो राखेर लिएको कर्जा लामो समयदेखि चुक्ता नगरेकाले कर्जा साँवा र ब्याज असुलीका लागि यी सेयर बिक्री प्रक्रियामा लगिएको हो।















प्रतिकृया