सर्वसाधारणका लागि प्रभु बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १३ गते
सर्वसाधारणका लागि प्रभु बैंकको सेयर बिक्रीमा, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

प्रभु बैंक लिमिटेडले कुल ४१ हजार ९०० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको उक्त सेयर वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाले पनि खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याइएको बैंकले जनाएको छ।

बैंकका अनुसार किरण देवी अग्रवालको नाममा रहेको ११ हजार ८७ कित्ता, राज कुमार थापाको नाममा रहेको १७ हजार २३४ कित्ता तथा इब्रक्स इन्टरनेशनल प्रालिको नाममा रहेको १३ हजार ५७९ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले साउन १३ गतेदेखि लागू हुने गरी १५ दिनभित्र प्रभु बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स