नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस १६ गतेदेखि दुई लाख कित्ता सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले संस्थापक समूहको सेयर बिक्री गर्न लागेको हो।
उक्त सेयर खरिदका लागि इच्छुक तथा योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले बिक्रीमा राखिएको सम्पूर्ण सेयरका लागि नै खरिद आवेदन दिनुपर्नेछ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेको छ। यसअनुसार लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी दरमा बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिदका लागि बोलपत्र पुस २३ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडमा बुझाउन सकिने कम्पनीले जनाएको छ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया