मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाका सेयरधनीको स्वामित्वमा रहेको ६,००० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
यो सेयर कुनै पनि व्यक्ति वा कम्पनीले खरिद गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. २९५ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले फागुन १७ गतेसम्म बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङमा आवेदन बुझाउनु पर्नेछ।















प्रतिकृया