इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर खरिदका लागि १५ दिने सूचना प्रकाशित गरेको छ। आज फागुन २० गते बुधबार प्रकाशित सूचनाअनुसार केही संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएका थिए।
यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम मंसिर ९ गते नै बिक्रीसम्बन्धी सूचना प्रकाशित गरिएको थियो र प्रचलित व्यवस्था अनुसार संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक सेयरधनीहरूलाई प्रदान गरिएको थियो। तर, तोकिएको अवधिमा विद्यमान संस्थापकहरूबाट आवेदन नपरेपछि अब कुल २५ हजार कित्ता संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी तथा सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र केन्द्रीय कार्यालय गैंडाकोट–२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आवेदन बुझाउनुपर्नेछ। बिक्री मूल्य प्रचलित नियमअनुसार निर्धारण हुने तथा खरिद–बिक्रीसम्बन्धी अन्तिम निर्णय सञ्चालक समितिबाट हुने जनाइएको छ।


प्रतिकृया