आज बिहान महसुस भएको ७ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु कहाँ ?



Advertisement
Ads

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाको तिब्बतस्थित दिंगे कान्टीमा रहेको पुष्टि भएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार, उक्त भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको छ। भूकम्प बिहान ६:५० बजे गएको थियो, जसले नेपालका अधिकांश क्षेत्रमा धक्का महसुस गरायो। विशेषगरी तिब्बत क्षेत्रसहित नेपालका पूर्वदेखि मध्य भागसम्म ठूलो प्रभाव परेको छ।


Advertisement

भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म आइसकेको छैन। स्थानीय प्रशासनले क्षतिको विवरण संकलनको काम जारी राखेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर