अब कहिले हुनेछ स्थगित भएको उद्योग वाणिज्य महासंघको निर्वाचन? यस्तो छ नयाँ कार्यतालिका

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
अब कहिले हुनेछ स्थगित भएको उद्योग वाणिज्य महासंघको निर्वाचन? यस्तो छ नयाँ कार्यतालिका

नेपाल उद्योग वाणिज्य महासंघको स्थगित वार्षिक साधारण सभा तथा निर्वाचन अब आगामी वैशाख २१ र २२ गते हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले नयाँ मिति तय गरेको हो ।

यसअघि २०८२ चैत २९ र ३० गतेका लागि निर्धारित साधारण सभा तथा निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो। अदालतको आदेशपछि रोकिएको प्रक्रिया पुनः अघि बढाउँदै महासंघले नयाँ कार्यतालिका तय गरेको हो। बैठकले आगामी कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते बस्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स