पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार (फागुन २५) काठमाडौं फर्कंदा विभिन्न सडकमा सवारी जाम हुन सक्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। राजावादी प्रदर्शनका कारण सिनामंगल, कोटेश्वर, गौशाला, बानेश्वर, महाराजगन्ज, त्रिपुरेश्वर लगायतका क्षेत्रमा ट्राफिक प्रभावित हुन सक्नेछ।
पूर्वराजाको सवारी हुने रुटमा डाइभर्सन हुनसक्छ भने व्यवस्थापनका लागि करिब ४०० ट्राफिक प्रहरी परिचालन गरिएको छ।
राप्रपा, राप्रपा नेपाल लगायतका दलले पूर्वराजाको स्वागतमा प्रदर्शनको तयारी गरेका छन्। त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्मको यात्रा सुरक्षाका लागि काठमाडौंमा ‘हाइअलर्ट’ घोषणा गरिएको छ।




















प्रतिकृया