पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर असार २२ गतेदेखि निष्काशन गर्न लागेको छ। कम्पनीले १ :०.५० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६३ लाख २६ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेको थियो । जसअनुसार, असार १ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन ११ गते सम्म रहेको छ।
हकप्रद निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB Issuer Rating” प्रदान गरेको छ, जसले वित्तीय दायित्व पुरा गर्ने क्षमतामा औसतभन्दा बढी जोखिम रहेको संकेत गर्छ। यस हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
लगानीकर्ताले प्रभु क्यापिटलसँगै कम्पनीको वेबसाइट, प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाहरू, साथै सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत हकप्रद भर्न सक्नेछन्।हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँटपछि बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया