आइतबार कति पुग्यो सुनचाँदीको मूल्य ?
नेपाली बजारमा आज २०८२ (वैशाख १४ गते) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज आइतबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर तोलाको १ लाख ८९ हजार ७ सय रुपैयाँमा पुगेको हो।
शुक्रबार सुनको मूल्य तोलाको १ लाख ८९ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा किनबेच हुँदैछ ।