मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, कति तोकियो मूल्य ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ।

कम्पनीले उक्त सेयर न्यूनतम प्रतिकित्ता रु. ६०० का दरले बिक्री गर्ने जनाएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिले हालका संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित मिति (जेठ ११ गते) बाट ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय, ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ। निवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ।

यदि तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा प्रचलित कानुनअनुसार उक्त सेयर सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स