पक्राउ परेपछि के भन्छन् दक्षिण कोरियालीका राष्ट्रपति युन सुक?

AdvertisementAds
पक्राउ परेपछि के भन्छन् दक्षिण कोरियालीका राष्ट्रपति युन सुक?
AdvertisementAds

महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् ।

आज पक्राउ परेका उनले आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको बताएका छन् । यद्यपि, रक्तपात रोक्न पक्राउ गरिएको बताएका छन् ।

पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।

युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए । तर, विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले राष्ट्रपतिको घरबाट सवारी साधन निस्किएको जानकारी दिएका छन् ।

AdvertisementAds

दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले युनविरुद्ध बिहान ७ः२३ मा पक्राउ वारेन्ट कार्यान्वयन गरेको जनाएको छ ।

एक भिडियो विज्ञप्तिमा, पक्राउ परेका राष्ट्रपति युनले आफू भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको बताएका छन् ।

“अवैध अनुसन्धान भए पनि मैले सीआईओसमक्ष हाजिर हुने निर्णय गरेको छु । रक्तपात नहोस् भनेर यो निर्णय लिएको छु,” उनले भने, “यद्यपि, यसको मतलब यो होइन म यो अनुसन्धानलाई सही मान्छु ।”

तीन मिनेटको भिडियो सन्देशमा, युनले अनुसन्धान एजेन्सी र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नभएको बताएका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स