instainsta

मन्त्रीहरुको सम्पत्तिबारे के भन्छन् परराष्ट्रमन्त्री खनाल ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३० गते
मन्त्रीहरुको सम्पत्तिबारे के भन्छन् परराष्ट्रमन्त्री खनाल ?
AdvertisementAds

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्ति विवरणका स्रोतहरू अस्पष्ट नभएको स्पष्ट पारेका छन्।

मोरिसस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’

उनका अनुसार चार वर्षअघि स्थापना भएको आफ्नो पार्टीका मन्त्री तथा सांसदहरू विभिन्न पेशागत पृष्ठभूमिबाट आएका कारण आम्दानी हुनु स्वाभाविक हो।

खनालले आफ्नो पार्टी सुरुदेखि नै सुशासनको पक्षमा रहेको उल्लेख गर्दै यसअघि गठबन्धन सरकारमा सहभागी हुँदा पनि रास्वपाका सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको स्मरण गरे।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स