instainsta

५ प्रतिशत बढी कर तिर्न तयार छौं, तर फाइनल गरिदिनुस् भन्दै लगानीकर्ता लाइन लागेर आएका थिए: अर्थमन्त्री वाग्ले

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १८ गते
५ प्रतिशत बढी कर तिर्न तयार छौं, तर फाइनल गरिदिनुस् भन्दै लगानीकर्ता लाइन लागेर आएका थिए: अर्थमन्त्री वाग्ले
AdvertisementAds

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारबाट प्राप्त पुँजीगत लाभकर अन्तिम कर (फाइनल ट्याक्स) भएको विषयमा कुनै अन्योल नरहेको बताएका छन्। बजेटपछिको पत्रकार सम्मेलनमा उनले लगानीकर्ताहरूले समेत करको दरभन्दा बढी कर तिर्न तयार रहेको तर करको अनिश्चितता अन्त्य हुनुपर्ने माग गरेको बताए ।

“हामी ५ प्रतिशत बिन्दु अतिरिक्त तिर्न तयार छौं भनेर लाइन लगाएर मकहाँ डेलिगेसन आउने साथीहरू यही सिंहदरबार बाहिर हुनुहुन्थ्यो । फाइनल चाहिँ गर्दिनुस्, यो तरबार सधैं हाम्रो माथि झुन्डिनरहोस् भन्ने उहाँहरूको माग थियो,” मन्त्री वाग्लेले भने।

अर्थमन्त्री वाग्लेले लगानीकर्ताको मुख्य चासो करको दर नभई करसम्बन्धी अनिश्चितता अन्त्य हुनुपर्ने भएको उनले बताए।

सरकारले निकै उदार ढंगले करको व्यवस्था गरेको दाबी गर्दै छोटो अवधिका लगानीकर्ताका लागि ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत रहेको दरलाई क्रमशः ७.५ र १० प्रतिशत बनाइएको बताए।

“बरु भारतमा छोटो अवधिमा १० प्रतिशत र दीर्घकालीनमा २० प्रतिशतसम्म पुँजीगत लाभकर छ । हामीकहाँ ५ लाई ७.५ र ७.५ लाई १० प्रतिशत बनाइएको हो, यो अन्तिम कर हो, सिल्ड डन हो,” उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स