प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी–व्यवसायीलाई नेपालका उत्पादनहरूलाई ठूलो मात्रामा उत्पादन गरी छिमेकी मुलुकहरू भारत र चीनसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन आग्रह गरेका छन्। आज काठमाडौंमा नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, “निर्यात बढाउन उत्पादनमा वृद्धि गर्दै, बजारको माग अनुसार व्यापार विस्तार गर्न आवश्यक छ,” भने।
प्रधानमन्त्री ओलीले नेपालको पूर्वाधार विकास जारी रहेको उल्लेख गर्दै नेपाललाई २०२६ सम्म मध्यम आय भएको मुलुक बनाउनका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने र अन्य विमानस्थलहरूको विस्तार सहित नदीमार्गबाट समुद्रसम्मको पहुँच विस्तारको काम भइरहेको जानकारी दिए।
अर्थतन्त्रको स्थिरता र विकासको लागि सरकार गम्भीरताका साथ काम गरिरहेको भन्दै उनले व्यापारका वास्तविक आँकडाहरू तयार गर्ने आवश्यकता रहेको बताए। साथै, विज्ञान र प्रविधिको प्रयोगमा जोड दिँदै उनले उत्पादनमा वृद्धि गर्नुपर्ने बताएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृत्रिम बौद्धिकता र सूचना प्रविधि क्षेत्रमा नीतिगत स्पष्टता ल्याएको र यसका लागि नयाँ कानूनी प्रबन्धहरू ल्याउने योजना बनाएको बताए। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएका अध्यादेशहरूले उद्योग–व्यवसाय क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
नेपाल, भारत, पाकिस्तान लगायतका मुलुकका एक सय २५ स्टल रहेको चेम्बर एक्स्पो माघ २१ गतेसम्म चल्नेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया