विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले जलविद्युत आयोजनाको नियमन कुन संस्थाले गर्ने भन्ने विषयमा सरलीकरण भइरहेको बताएका छन्।
उनले जलविद्युत आयोजनाले प्राथमिक सेयर निष्काशन गर्दा धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार, र नियमन आयोगमा छुट्टाछुट्टै कागजात बुझाउनु पर्ने प्रक्रियालाई सरल बनाउन पहल भइरहेको बताए।
“हामी जलविद्युत आयोजनाको प्राविधिक पक्ष मात्रै हेर्छौं,” उनले भने, “जलविद्युत उत्पादन सम्भव छ कि छैन भन्नेबारे पूर्वअनुमति दिन्छौं। अहिले धितोपत्र बोर्डसँग मिलेर प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्नेबारे छलफल गरिरहेका छौं।”




















प्रतिकृया