काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पुलको पाटपुर्जा चोरेर बेचेपछि वडा अध्यक्ष पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २० गते
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा पुलको पाटपुर्जा चोरेर बेचेपछि वडा अध्यक्ष पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक गौतमलाई बाढीले क्षति पुर्‍याएको पुलबाट फलामका सामान चोरी गरी कवाडीलाई बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

घटनाबारे अनुसन्धानका क्रममा पहिले पक्राउ परेका चार जनाको बयानको आधारमा गौतमलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले दुईवटा टिपरसहित चारजनालाई नियन्त्रणमा लिएको थियो, जसमा दुईजना चोरीमा संलग्न र दुईजना टिपर चालक थिए।

अनुसन्धानमा नमोबुद्ध–६ का वडा अध्यक्ष टिकाबहादुर केसी पनि संलग्न रहेको देखिएको छ, जसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयले सामान चोरी भइरहेको सूचना दिएपछि घटनाको खुलासा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स