मतगणना अपडेट : चितवन–२ मा रवि लामिछानेको ‘आँधी’: २० हजार मत गन्दा ५०% भन्दा बढी उनलाई

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
मतगणना अपडेट : चितवन–२ मा रवि लामिछानेको ‘आँधी’: २० हजार मत गन्दा ५०% भन्दा बढी उनलाई

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पुरानो वर्चस्व कायम राख्दै फराकिलो अग्रता लिएका छन्। हालसम्म गणना गरिएको २०,३३१ मतमध्ये लामिछाने एक्लैले १०,८२२ मत प्राप्त गरेका छन्, जुन कुल गणना भएको मतको ५० प्रतिशतभन्दा बढी हो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेल ३,२२७ मतका साथ दोस्रो स्थानमा छिन्। लामिछाने र खरेलबीचको मतान्तर ७,५९५ पुगेको छ। नेकपा एमालेका अस्मिन घिमिरे २,८४६ मतका साथ तेस्रो स्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स