खर्च बढ्दा भिजन लुम्बिनी उर्जाको नाफा १२ करोडबाट घटेर डेड करोडमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २५ गते
खर्च बढ्दा भिजन लुम्बिनी उर्जाको नाफा १२ करोडबाट घटेर डेड करोडमा

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८७.२३ प्रतिशतले घटेर १ करोड ५० लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी १०३.५६ प्रतिशतले बढेर २६ करोड ४० लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च २५ लाख २७ हजारबाट घटेर १४ करोड ३३ लाख रुपैयाँमा आएको छ। कम्पनीको वित्त खर्च २५ लाख २७ हजार रुपैयाँबाट बढेर १४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्मचारी खर्च १४ लाख १३ हजार रुपैयाँ बाट बढेर ४८ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ७ लाख ६१ हजार रुपैयाँ बाट बढेर ६८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा ७१ करोड ८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १७ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स