insta insta

भीम रावललाई विष्णु रिमालको चुनौती: अरे यार, ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

भीम रावललाई विष्णु रिमालको चुनौती: अरे यार, ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !
Advertisement Ads

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पूर्वउपाध्यक्ष डा. भीम रावलप्रति कवितात्मक शैलीमा कटाक्ष गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन् । डा. रावललाई यही पुस १० गते बसेको सचिवालय बैठकले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’

फेरि एक समय ‘जोरीपारी’हरू ‘एमाले विनाको राजनीति’को खेतीमा लागेका बेला उनी ‘ओलीविनाको एमाले’ भन्दै उफ्रिएको रिमालको दाबी छ ।विभाजनको लागि कसैलाई (माधव नेपाल) उचालेर एकता भन्दै आफू अर्कातिर अल्झिएको रिमालको तर्क छ । फेरि नयाँ चुनौती सामना गर्ने बेलामा पार्टी छोडेर पार्टीकै विरुद्ध खनिएको उनको आरोप छ । उनले लेखेका छन्, ‘‘सानै सही, असहमत ‘अरुहरु’ले दुःखैले बनाएको घरमा लुसुक्क छिरे, ‘वन साङ्लाले घर साङ्लालाई लखेटेझैं उल्टै हाकिम पल्टिए ।’’

अहिले फेरि रावलले कतै ‘टाँड’ पो पर्छ कि ! कतै औँला घुसार्न पो मिल्छ कि भनेर मौका पखेर कुरिरहेको रिमालको आरोप छ । त्यसैले रावलले ‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ ।’ उनले रावललाई चुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्–बाल मतलव !’

Screenshot 29 12 2024 134316 www.facebook.com https://bajarkochirfar.com/vishnu-rimals-challenge-to-bhim-rawal | %tags

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स