नेपालमा सवारी साधन दर्ता ६२ लाख नाघ्यो, ४ लाख नेपालीले चढ्छन् कार

नेपालमा सवारी साधन दर्ता ६२ लाख नाघ्यो, ४ लाख नेपालीले चढ्छन् कार

नेपालमा सवारी साधनको दर्ता संख्या ६२ लाख ४९ हजार ७४२ पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामै मात्रै २ लाख ८१ हजार नयाँ सवारी साधन दर्ता भएका छन्।

सवारी दर्तामा सबैभन्दा बढी हिस्सा मोटरसाइकलको रहेको छ। हालसम्म देशभर ५० लाख ६४ हजार ३६३ वटा मोटरसाइकल दर्ता भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मात्रै २ लाख ३० हजार ९६८ वटा नयाँ मोटरसाइकल थपिएका छन्।

चारपांग्रे सवारीतर्फ कार जिप भ्यानको दर्ता संख्या ४ लाख नाघेको छ। हालसम्म कुल ४ लाख १२२ वटा कार  जिप भ्यान दर्ता भएका छन्। चालु आर्थिक वर्षको ८ महिनामा १७ हजार ७०५ वटा नयाँ कार जिप भ्यान दर्ता भएका छन्।

सार्वजनिक तथा मालवाहक सवारीतर्फ पनि दर्ता संख्या बढ्दो क्रममा छ। हालसम्म बस ७६ हजार १४ वटा, मिनिबस तथा मिनिट्रक ४२ हजार २५२ वटा र ट्रक तथा एक्स्काभेटर १ लाख ३५ हजार वटा दर्ता भएका छन्।

705136631 989277983807334 2228084356128246825 n https://bajarkochirfar.com/vehicle-registration-in-nepal-exceeds-6-2-million-400000-nepalis-drive-cars | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स