बारामा रहेको सिमरा विमानस्थलको मुख्य गेट शनिबार आक्रोशित समूहले तोडफोड गरेको छ। नेकपा (एमाले)का कार्यकर्तासँग भएको झडपपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए। बाहिरबाट गेट धकेलिंदा फलामको संरचना भाँचिएको प्रहरीले जनाएको छ। गेट भाँचिँदै जाँदा भित्र तैनाथ दुई प्रहरीमाथि खस्ने अवस्था आए पनि दुवैजना सामान्य अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ। गेट फुटेपछि केही युवाहरू करिब केही क्षणका लागि विमानस्थलभित्र छिरे पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर बाहिर निकालेका थिए।
घटनापछि विमानस्थल क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ भने प्रवेशद्वार आसपास निगरानी कडाइ गरिएको छ। युवा संघ नेपालको कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो। उनीहरू कार्यक्रमस्थलमा नपुग्दै सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो, जसको प्रभाव विमानस्थल क्षेत्रसम्म पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया