यूनाइटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा आज, चैत २७ गते कालीमाटी ब्याङ्क्वेट, काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालले अध्यक्षता गरेका थिए ।
बैठकले कम्पनीको चुक्ता पुँजीको १:०.६५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो, जसले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने पूर्व निर्णयलाई संशोधन गरेको हो।
सभाले कम्पनीको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, र वित्तीय विवरणहरूलाई स्वीकृत गर्दै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ।
सभाले अन्य लगानी योग्य क्षेत्रहरू पहिचान गरी लगानी गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने, हकप्रद सेयर जारी गर्दा कम्पनीको अधिकृत र जारी पुँजी बृद्धि गर्ने, र नियमनकारी निकायसँग आवश्यक अभिलेखन कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।