युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५औं वार्षिक साधारणसभा चैत ११ गते कास्कीको पोखरा–१७ घारीपाटनमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापुँजीको ४.२११ प्रतिशतको लाभांश अनुमोदन गरिनेछ, जसमा ४ प्रतिशत बोनस सेयर र ०.२११ नगद लाभांश समावेश छ।
सभाले बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजीमा १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दै नियमनकारी निकायसँग आवश्यक कार्यहरू अघि बढाइनेछन्।
सभाले लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्दै चालु वर्षको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ, जसको अर्थ फागुन २३ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभा भाग लिन योग्य हुनेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया