युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिले माघ १८ गते बसेको बैठकमा सभा होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बाँकेमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने विषयहरू टुङ्ग्याइनेछ। यस वर्ष कम्पनीले लाभांश प्रस्ताव गरेको छैन। कम्पनीका अनुसार, व्यावसायिक मन्दीका कारण कर्जा लगानी बढाउन नसकिने र निष्क्रिय कर्जा बढेर आम्दानीको ठूलो हिस्सा कर्जा नोक्सानी व्यवस्थापनमा जानु परेको हो।
सभा प्रयोजनका लागि कम्पनीले फागुन ६ गते बुक क्लोज गर्ने छ। बुक क्लोजको अघिल्लो कारोबार दिन फागुन ५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।












![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)



![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया