अमेरिकामा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको मृत्यु



Advertisement
Ads

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित च्यान्टिलीमा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको मृत्यु भएको छ। च्यान्टिलीबाट प्रकाशित हुने डेलीभोइसका अनुसार, घटना विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा भएको हो।

मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। एनबिसी वासिंटनले उनीहरूको नेपालको ठेगाना नखुलेको जनाएको छ। खड्का सोही होटलमा कार्यरत थिए भने भट्ट जागिरका लागि आवेदन दिने योजना बनाएकाले खड्कासँगै रहेका थिए।


Advertisement

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार, बिहीबार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा कार पोखरीमा खसेको जानकारी प्राप्त भएको थियो। घटनास्थल पुगेको प्रहरीले १० फिट गहिरो पोखरीबाट पूर्ण रूपमा डुबेको कार निकालेको थियो, जसभित्र दुबै मृत अवस्थामा भेटिएका थिए।

प्रहरीले घटनाबारे थप जानकारी हुनेहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। स्थानीय समाचारले हिउँले ढाकिएको सडकमा कार चिप्लेर पोखरीमा खसेको उल्लेख गरेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर