अमेरिकामा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको मृत्यु

अमेरिकामा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित च्यान्टिलीमा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको मृत्यु भएको छ। च्यान्टिलीबाट प्रकाशित हुने डेलीभोइसका अनुसार, घटना विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा भएको हो।

मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्। एनबिसी वासिंटनले उनीहरूको नेपालको ठेगाना नखुलेको जनाएको छ। खड्का सोही होटलमा कार्यरत थिए भने भट्ट जागिरका लागि आवेदन दिने योजना बनाएकाले खड्कासँगै रहेका थिए।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार, बिहीबार बिहान ७:२५ बजे सेन्टरभ्यू ड्राइभको ३९०० ब्लकमा कार पोखरीमा खसेको जानकारी प्राप्त भएको थियो। घटनास्थल पुगेको प्रहरीले १० फिट गहिरो पोखरीबाट पूर्ण रूपमा डुबेको कार निकालेको थियो, जसभित्र दुबै मृत अवस्थामा भेटिएका थिए।

प्रहरीले घटनाबारे थप जानकारी हुनेहरूलाई फेयरफ्याक्स काउन्टी प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। स्थानीय समाचारले हिउँले ढाकिएको सडकमा कार चिप्लेर पोखरीमा खसेको उल्लेख गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स