दुई जलविद्युत् कम्पनी व्हाइट लोटस पावर लिमिटेड र भिजन इनर्जी एण्ड पावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।
व्हाइट लोटस पावर लिमिटेडले असार ३१ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १२ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो जसको सेयर मूल्य १२ करोड १९ लाख रुपैयाँ बराबरको हुन्छ। यस आईपीओको बिक्री व्यवस्थापन नेपाल एसबिआई मर्चेन्टले गर्नेछ। कम्पनीले हाल लमजुङमा ६.८२ मेगावाट क्षमताको हिदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
यस्तै, भिजन इनर्जी एण्ड पावर लिमिटेडले भने असार ३० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो। कम्पनीले ८३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो जसको सेयर मूल्य ८३ करोड रुपैयाँ बराबरको हुन्छ। यस आईपीओको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ। कम्पनीले रामेछापमा ५७.५ मेगावाट क्षमताको नुप्चे लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जुन कम्पनीका अनुसार अन्तिम चरणमा पुगेको छ।
धितोपत्र बोर्डको स्वीकृति पश्चात् दुबै कम्पनीले आईपीओ निष्काशन प्रक्रिया सुरु गर्नेछन्।

प्रतिकृया