राष्ट्र बैंकका दुई डेपुटी गभर्नर अवकाशमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
राष्ट्र बैंकका दुई डेपुटी गभर्नर अवकाशमा

नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्र पाँच वर्षे कार्यकाल पूरा गरी आइतबारदेखि अनिवार्य अवकाशमा गएका छन्। उनीहरू २०७७ फागुन २५ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए र कार्यकाल सकिएसँगै फागुन २४ गतेदेखि पदमुक्त भएका हुन्।

उनीहरूको अवकाशसँगै नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रिक्त भएका छन्। यी रिक्त पदमा नियुक्ति गर्ने जिम्मेवारी अहिले बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको नयाँ सरकारसँग रहनेछ।

नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकभित्रका १८ जना बहालवाला कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा छन्। नेपाल राष्ट्र बैंक ऐन अनुसार डेपुटी गभर्नर पदमा नियुक्त हुन कार्यकारी निर्देशक भएको हुनुपर्ने व्यवस्था छ।

प्रचलित प्रक्रियाअनुसार राष्ट्र बैंकका गभर्नरले हाल कार्यरत १८ जना कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सरकारलाई सिफारिस गर्नेछन्। त्यसपछि मन्त्रिपरिषद्ले ती चारमध्येबाट दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स