दुई कम्पनीले आज फागुन १७ गते आईपिओ निष्काशनको अनुमति पाएका छन् । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएका हुन् ।
नेपाल धितोपत्र बोर्डले याम्बालिङ्ग हाइड्रोपावरलाई २८ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्सलाई ४२ लाख ९० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



प्रतिकृया