त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालामा रूपान्तरण गरिने, अन्तर्राष्ट्रिय पदक विजेता र सन्तानका लागि छात्रवृत्ति
सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रूपमा विकास गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो जानकारी दिएका हुन्। उनले रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूका
साथै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने उल्लेख गरे।
राष्ट्रपतिले खेलकुद क्षेत्रलाई निजी क्षेत्रका सामाजिक, संस्थागत र उत्तरदायित्वपूर्ण भूमिकासँग जोडिने नीतिगत व्यवस्था गरिने बताए। साथै, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरू र उनीहरूका सन्तानका लागि छात्रवृत्तिको व्यवस्था गरिने घोषणा पनि उनले गरे।