instainsta

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालामा रूपान्तरण गरिने, अन्तर्राष्ट्रिय पदक विजेता र सन्तानका लागि छात्रवृत्ति

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १९ गते
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालामा रूपान्तरण गरिने, अन्तर्राष्ट्रिय पदक विजेता र सन्तानका लागि छात्रवृत्ति
AdvertisementAds

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानलाई आधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रूपमा विकास गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो जानकारी दिएका हुन्। उनले रंगशालालगायतका खेलकुद पूर्वाधार निर्माणमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूका

साथै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने उल्लेख गरे।

राष्ट्रपतिले खेलकुद क्षेत्रलाई निजी क्षेत्रका सामाजिक, संस्थागत र उत्तरदायित्वपूर्ण भूमिकासँग जोडिने नीतिगत व्यवस्था गरिने बताए। साथै, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरू र उनीहरूका सन्तानका लागि छात्रवृत्तिको व्यवस्था गरिने घोषणा पनि उनले गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स