त्रिशुली जलविद्युतले पुस २५ गते बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

त्रिशुली जलविद्युतले पुस २५ गते बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले आफ्नो १४औँ साधारण सभा पुस २५ गते आयोजना गर्ने भएको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको नयाँबजारस्थित सासा ब्याङ्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हुँदा सभामा लाभांशसम्बन्धी कुनै एजेन्डा पेश हुने छैन।

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स