SHAREHUBSHAREHUB

माघ १ देखि त्रिभुवन शिक्षण अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका उपचार सेवा रोक्ने

AdvertisementAds
माघ १ देखि त्रिभुवन शिक्षण अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतका उपचार सेवा रोक्ने
AdvertisementAds

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा रोक्ने निर्णय गरेको छ। अस्पताल प्रशासनका अनुसार, स्वास्थ्य बीमा बोर्डले बिरामीको उपचार खर्चको रकम समयमै उपलब्ध नगराएपछि सेवा सञ्चालन असम्भव भएको हो।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ कि स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप लगातार बढ्दै गएको छ। मासिक औसत खर्च करिब ५ करोड रुपैयाँ भए पनि बोर्डले झण्डै ५० प्रतिशत मात्र दाबी रकम उपलब्ध गराउँदा अस्पताललाई ठूलो घाटा भएको छ। अस्पतालका अनुसार हालसम्म स्वास्थ्य बीमाअन्तर्गत करिब ४० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ।त्रिवि शिक्षण अस्पतालले वि.सं. २०७७ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स