ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (वैशाख ८) गतेदेखि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो।
यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर सार्वजनिक निष्काशन गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक वैदेशिक नेपालीहरूले बैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिने प्रक्रिया ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट गर्न सकिन्छ।
यस आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ ‘डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया