ट्रेड टावरको आईपीओ भर्ने म्याद थपियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
ट्रेड टावरको आईपीओ भर्ने म्याद थपियो

ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने म्याद एक दिन लम्बिएको छ। अब लगानीकर्ताले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्। सरकारले जेठ १८ गते भोटो जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएकोले कम्पनीले निष्काशन अवधि थप गरेको हो।

कम्पनीले ८१ करोड ५६ लाख रुपैयाँ जारी पूँजीको ४८.६९६% बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्दैछ, जसमा ३२ लाख ९६ हजार ५०५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। न्यूनतम १० र अधिकतम १,००० कित्ता आवेदन दिन सकिनेछ।

आईपीओमा ‘मेरो शेयर’ मार्फत वा आस्बा सदस्य बैंक/संस्थाबाट आवेदन दिन सकिन्छ। रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ दिएको छ, जसले मध्यम जोखिम संकेत गर्छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स