ट्रेड टावरको आइपीओ बाँडफाँट मिति तय, कतिले पाउँछन् सेयर ?



Advertisement
Ads

ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँट आगामी आइतबार (असार १) गते हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार बाँडफाँटको मिति तय भए पनि समय भने अझै निश्चित गरिएको छैन।

कम्पनीको आइपीओमा अत्यधिक माग परेको छ, जसका कारण बाँडफाँट गोलाप्रथामार्फत हुने भएको हो। आइपीओका लागि २१ लाख ६९ हजार ८ सय ९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७ सय ९० कित्ताको आवेदन दिएका छन्। तर, भाग्यमानी ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ४० हजार २४० जना लगानीकर्ताको हात रित्तो रहनेछ।


Advertisement

ट्रेड टावरले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो, जसको कुल मूल्य ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ हो।

इक्रा नेपालले आईपीओको रेटिङमा कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर