सान्भि इनर्जीको आईपीओ भर्ने भोलि अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १८ गते
सान्भि इनर्जीको आईपीओ भर्ने भोलि अन्तिम दिन

सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ५ गतेदेखि निष्काशन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने अन्तिम म्याद भोलि वैशाख १९ गतेसम्म रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३७ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ।

यसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। आयोजना प्रभावित स्थानीयका लागि इलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म सेयर माग गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २६ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्ने जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स