स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओ भर्ने भोलि साउन ९ गते अन्तिम दिन रहेको छ।कम्पनीले असार २७ गतेदेखि कुल २३ हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन खुला गरेको हो।
नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओलाई इक्रा नेपालले “इक्राएनपी इस्यूअर रेटिङ बी”रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै तिर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। लगानीकर्ताहरूले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सक्नेछन ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया