पियोर इनर्जी लिमिटेडले फागुन २० गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि चैत ५ गते अन्तिम दिन हो। पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन् गरेको थियो।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति दिएको हो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिरहेको छ।आईपीओमा आवेदन न्युनतम १० कित्ताका र अधिकतम आयोजना प्रभावितले १६ हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाले ७ हजार २०० कित्तासम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्। स्थानीय बासिन्दाहरूले भने बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, नेपालगन्ज, कोहलपुरस्थित नबिल बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, तथा कुमारी बैंकका विभिन्न शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन् गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया