बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज, चैत्र १५ गते अन्तिम दिन हो। कम्पनीले चैत्र १ गतेदेखि सोलुखुम्बु जिल्लाका प्रभावित स्थानीयका लागि १० लाख ४० हजार कित्ता सेयर निष्काशन गरेको हो।
यस्तै, प्रभावित क्षेत्र अन्तर्गत वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात् ३ लाख १२ हजार कित्ता र न्यून प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्लाका अन्य बासिन्दाका लागि २० प्रतिशत अर्थात् २ लाख ८ हजार कित्ता सेयर छुट्याएर बिक्री गरिएको छ।
स्थानीयले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि एनएमबि बैंक (सल्लेरी शाखा), लक्ष्मी सनराइज बैंक (सल्लेरी शाखा), ग्लोबल आइएमई बैंक (सोलुखुम्बु शाखा) र प्राइम कमर्सियल बैंक (नेचा सल्यान शाखा) तोकिएका छन्।






![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-768x432.jpg)







![बौद्धिक व्यक्तिले नै किन स्टक ट्रेडिङमा बढी घाटा खान्छन्? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/w3oKZvBNr5g-maxresdefault-150x150.jpg)





प्रतिकृया