कालंगा हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १० गतेदेखि सुरु गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मात्र आजसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया