दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ९ गते
दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन, क-कसले भर्न पाउने ?

बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन सक्ने आज (साउन ९ गते) अन्तिम दिन हो।

बन्दीपुर केवलकारले साउन ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयवासीका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता र आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता निष्काशन गरिरहेको छ। वैदेशिक रोजगारीका लागि आज साँझ ५ बजेसम्म आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितका लागि साउन २० गतेसम्म आवेदन दिने समय छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।

स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी पहिलो चरणको आईपीओ जारी गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा जम्मा २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएकोमा हाल २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूका लागि जारी गरिएको छ। यसमा पनि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिन्छ।

नेपाल धितोपत्र बोर्डले हालै मात्र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि हुने आईपीओको आवेदन समय १५ दिनबाट घटाएर ४ दिन कायम गरेपछि बन्दीपुर केवलकारको आवेदन म्याद छोटिएको हो। दुवै कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले आज साँझ ५ बजेपछि आवेदन प्रक्रिया बन्द हुने भएको छ। इच्छुक व्यक्तिहरूले मेरो सेयर एपमार्फत वा सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट अनलाइन आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स