इन्स्योरेन्स कम्पनीले लाभांश वितरण र २९ औँ वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति वैशाख ३० गते तय गरेको छ। वैशाख २९ गते सार्वजनिक बिदा भएकाले आज वैशाख २८ गते, आइतबारसम्म सेयर कायम गरेका सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा जेठ ९ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ७.३६८४ प्रतिशत लाभांश पारित गर्नेछ, जसमा ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश प्रस्तावित छ।
साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न तथा नियामक निकायका निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभामा प्रस्तुत गरिनेछ। बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।
यस्तै, सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ।



















प्रतिकृया