प्रभु क्यापिटलले जेठ २३ गतेदेखि सुरु गरेको प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम अन्तर्गत २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई खरिदका लागि आज (असार ६ गते) आवेदन दिने अन्तिम दिन हो।
यो खुलामुखी सामूहिक लगानी कोषको कुल आकार ४ करोड इकाईमध्ये ७.५ प्रतिशत इकाई प्रभु बैंक र ७.५ प्रतिशत प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आवेदन धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था, शाखा कार्यालय र ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ। कोष प्रबर्धकलाई इक्रा नेपालले ‘ट्रिपल बी माइनस’ रेटिङ्ग र योजना व्यवस्थापकलाई केयर रेटिङ्गले ‘क्वालिटी ३ प्लस’ रेटिङ्ग दिएको छ।











![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)



![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)


प्रतिकृया